इरानले भन्यो, ‘इजरायलले सबै हद पार गर्दैछ, जो कोहीलाई कारबाहीका लागि बाध्य बनाउँदैछ’
आइतबार, १२ कात्तिक २०८०, १६ : ०१

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रईसीले इजरायलको कदमले सबै हद पार गरेको बताउँदै यसबाट जो कोहीलाई जुन सुकै कारबाही गर्नका लागि बाध्य बनाउन सक्ने बताएका छन् ।
रइसीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘वासिङ्टन हामीलाई केही पनि नगर्नु भनिरहेको छ तर इजरायललाई पुरो समर्थन गरिरहेको छ । अमेरिकाले ‘प्रतिरोधको धुरी’ लाई सन्देश दिने प्रयास गर्यो तर युद्धको मैदानमा उसले स्पष्ट जवाफ पायो ।’ प्रतिरोधको धुरीको आशय इरान समर्थित शक्तिको नेटवर्क हो जुन मध्यपूर्वमा फैलिएको छ । हमास पनि यसको हिस्सा हो ।
अमेरिकी अधिकारीहरूले इरानलाई इजरायल–हमास संघर्षबाट टाढा रहन चेतावनी दिइरहेको छ । इरान यो युद्धमा सामेल भयो भने यो ठुलो क्षेत्रीय संघर्षमा बदलिन सक्ने अमेरिकाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म