आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

मध्यपूर्वको जोखिमले सुनको भाउ आकासियो

आइतबार, १२ कात्तिक २०८०, १५ : ५१
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेर प्रतिऔंस २ हजार डलरमाथि उक्लिएको छ । इजरायल–हमासबीच द्वन्द्व भड्किरहँदा लगानीकर्तामाझ सेफ हेभन एसेटको माग बढ्दा सुन बजारले टेवा पाइरहेको छ । यही हप्ता बस्न लागेको अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नीतिगत बैठकको पखाइमा लगानीकर्ताहरु रहँदा पनि सुनको भाउ बढेको हो ।

शुक्रबार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔँस १ दशमलव २ प्रतिशतले बढेर २ हजार ९ डलर १९ सेन्टसम्म पुगेको थियो । सुनको भाउ मध्य मे महिनायता पहिलो पटक यो स्तरमा पुगेको हो । इजरायली सेनाका मुख्य प्रवक्ताले गाजापट्टीमा आफ्नो हवाई र भू सेनाले कारबाही बढाइरहेको अभिव्यक्ति दिएलगत्तै सुन बजारमा किनबेचको आयतन बढेको थियो ।

अक्टोबर ७ मा हमासले इजरायलमा एक्कासि आक्रमण गरेयता सुनको भाउ ८ प्रतिशतभन्दा धेरैले बढिसकेको  छ । मध्यपूर्वमा द्वन्द्व भड्कियो भने सेफ हेभन एसेटमा लगानीको थप खोलो बग्नेछ । भौतिक बजारमा पनि सुनको खरिदारी बढेको छ । दीपावली नजिकिँदै गर्दा विश्वको सबैभन्दा ठुलो सुन खपत गर्ने देश भारतमा सुनको माग बढेको छ । गएको तीन हप्तायता सुन बजार बढिरहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप