प्रतिनिधि सभा बैठकमा दुई वटा विधेयक प्रस्तुत
आइतबार, १२ कात्तिक २०८०, १५ : ०१

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज (आइतबार) दुई वटा विधेयक पेस भएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत भएको छ भने “भन्सार विधेयक, २०८० प्रस्तुत भएको छ ।
दुवै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेका हुन् । त्यस्तै आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संसदका दुवै सदनलाई कार्तिक १४ गते मंगलवार अपरान्ह ४ बजे सम्बोधन सम्बन्धी जानकारी सांसदलाई गराए । उनले महासचिव गुटेरेसले सम्बोधन गर्ने दिन संसदमा औपाचारिक पोसाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ