पोखराको शान्ति स्तूपमा नगर बस दुर्घटना, ३ जनाको अवस्था गम्भीर (अपडेट)

पोखरा । पोखराको पुम्दीभुम्दीस्थित शान्ति स्तूपबाट माइक्रो बस खसेको छ । ग १ ख ८५८५ नम्बरको नगर बस केही समयअघि दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको उद्धार भैसकेको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम छ ।
‘गम्भीर घाइते हुनुहुन्न भन्ने छ । तैपनि बुझ्दैछौं,’ उनले भने, ‘सबैलाई गाडीबाट निकालिएको छ । हतारमा उद्धार गरिएकोले केही गम्भीर हुनुहुन्छ भनिएको छ । अस्पताल पुगेपछि थाहा हुन्छ ।’ गाडी भीरबाट खसेर उत्तानो परेको थियो । घाइतेहरूमध्ये ७ जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ । कम्तीमा १२ जना यात्रु घाइते छन् । प्रत्यक्षदर्शीका अनुसार ३ जना घाइतेको अवस्था गम्भीर छ ।
‘ट्याक्सी, निजी कार जेमा भेट्यो त्यसैमा पठाएका छौँ,’ उद्धारमा खटिएका स्थानीय युवक लामिछाने भन्छन्, ‘धेरैलाई हात र खुट्टामा चोट छ । तीन जनालाई अलि अवस्था गम्भीर थियो ।’ उनका अनुसार गाडीमा ३० जना भन्दा बढी सवार थिए । उनीहरूलाई पोखराका विभिन्न अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’