मामा गोविन्दासँग सुध्रिएकै हो त कृष्णा अभिषेकको सम्बन्ध ?

मुम्बई । भारतीय अभिनेता तथा हास्य कलाकार कृष्णा अभिषेकले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन् । सो भिडियोमा उनी मामा नाताका अभिनेता गोविन्दासँग नाचिरहेका छन् । कृष्णाले आफ्नो इन्ष्टाग्राम ह्यान्डलमा यो भिडियो शेयर गरेपछि मामा भान्जाबिच लामो समयदेखिको तिक्तता सकिएको अड्कल गर्न लागिएको छ ।
सन् २०१६ मा कृष्णाको एउटा अभिव्यक्तिपछि मामासँगको सम्बन्ध बिग्रिन थालेको थियो । कपिल शर्मा शोमा उनले एउटा एपिसोडमा गोविन्दालाई आफ्नो मामा बनाएर राखेको बताए । उनको यो कुरा गोविन्दालाई फिटिक्कै मन परेन । उनको सो अभिव्यक्तिको प्रतिक्रियामा पैसाका लागि कसैको बेइज्जती गर्न नहुने बताएका थिए ।
कृष्णाकी पत्नी कस्मिराले सन् २०१८ मा केही मानिस पैसाका लागि नाच्छन् भन्दै ट्विट गरेपछि मामा भान्जाको सम्बन्ध झनै बिग्रियो । त्यसयता जब जब गोविन्दा कपिल शर्मा शोमा आउँथे, त्यतिबेला कृष्णा शोमा आउँदैन थिए । त्यसयता पनि मामा भान्जाले एक अर्का विरुद्ध अनेकौं अभिव्यक्ति दिए । पछिल्लो भिडियोले भने दुई जनाबिचको सम्बन्ध सुधारको संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनीतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय