चर्चित टिभी शो ‘फ्रेन्ड्स’का कलाकार म्याथ्यु पेरीको निधन
आइतबार, १२ कात्तिक २०८०, १० : ४०
![चर्चित टिभी शो ‘फ्रेन्ड्स’का कलाकार म्याथ्यु पेरीको निधन](https://npcdn.ratopati.com/media/news/mathhew_icnsWwNMyS.jpg)
लस एञ्जलस । लोकिप्रय अमेरिकी टिभी शो फ्रेन्ड्सका चर्चित अभिनेता म्याथ्यु पेरीको मृत्यु भएको छ । अमेरिकी सञ्चार माध्यमहरुकाअनुसार पेरी लस एञ्जलसस्थित घरमै मृत अवस्थामा भेटिएका थिए ।
पेरीले ९० को दशकको लोकप्रिय अमेरिकी टिभी शो फ्रेन्ड्समा शैंडलर बिंगको भूमिका निर्वाह गरेका थिए । म्याथ्युको शव बाथ टबमा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानमा घटनास्थलमा लागुऔषध नभेटिएको बताइएको छ ।
न्यूयोर्क शहरमा बस्ने ६ जना युवाहरुको जिन्दगीमा बनेको फ्रेन्ड्जको प्रसारण सन् १९९४ देपख सन् २००४ सम्म भएको थियो । यो शोको अन्तिम एपिसोड ५ करोड २५ लाख जनाले हेरेका थिए । २००० को दशकमा यो सबैभन्दा धेरै हेरिएको टिभी शो थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जुन ट्रफी क्रिकेट : सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै
-
अर्थतन्त्रको अवस्थाबारे दुई शीर्ष नेतृत्वको अतिरञ्जित अभिव्यक्ति
-
क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै कामपा
-
निश्चिन्त भई एचपीभी खोप लगाउन नेपाल चिकित्सक संघको आग्रह
-
दशगजाबाट गम्भीर घाइते अवस्थामा एक नेपालीको उद्धार
-
प्रारम्भिक परिणाममा केजरीवाल र आतिशी भाजपा उम्मेदवारभन्दा पछि