गाजाका जनतालाई ‘अर्जेन्ट’ सन्देश जारी गर्दै के भन्यो इजरायली सेनाले ?

तेल अभिभ । इजरायल रक्षा बलले शनिबार उत्तरी गाजाका प्यालेस्टिनी नागरिकहरूलाई तत्काल दक्षिणी गाजातर्फ जान आग्रह गर्दै आपतकालीन सन्देश जारी गरेको छ।
एक भिडियो सन्देशमा इजरायल रक्षा बलका प्रवक्ता डेनियल हगारीले भने, ‘गाजाका नागरिकहरू, ध्यानपूर्वक सुन्नुहोस्। यो इजरायली सेनाको तत्काल सैन्य सल्लाह हो। हामी तपाईंलाई अस्थायी रूपमा उत्तरी गाजा र गाजा शहर छोड्न र आफ्नो सुरक्षाको लागि तुरुन्तै दक्षिणी गाजामा जान आग्रह गर्दछौं। यो एक अस्थायी कदम हो र तीतो द्वन्द्व समाप्त भएपछि मात्र यहाँ फर्कन सम्भव हुनेछ।
‘हमासले विद्यालय, मस्जिद र अस्पताललगायत नागरिक क्षेत्रमा हतियार र विस्फोटक पदार्थ राखेर तपाईको जीवनलाई खतरामा पारेको छ,’ हगारीले भने, ‘हामासको खतरालाई सटीक र तीव्रताका साथ हटाउन यो कारबाही गरिएको हो।’
शुक्रबार रातिदेखि इजरायलले पूरै गाजा पट्टीमा अभूतपूर्व बमबारी गरेको छ र अब गाजा पट्टीका सञ्चार च्यानलहरू पनि ध्वस्त भएका कारण कुनै जानकारी आउन सकेको छैन ।
इजरायली सेनाले अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा बमबारी गर्न थालेपछि उत्तरी गाजाका बासिन्दाहरूलाई इलाका छाड्न चेतावनी दिँदै आएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा हालसम्म ३ हजार बालबालिकासहित ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका कृषि तथा किसान कल्याण मन्त्री चौहानद्वारा चन्द्रागिरिको भ्रमण
-
श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यक : श्रममन्त्री भण्डारी
-
कानुन विपरीत गर्भपतन गर्दै हुनुहुन्छ की ? कारबाहीमा पर्नुहोला ।
-
वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँ: श्रममन्त्री भण्डारी
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने
-
सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते