पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित

तनहुँ । ‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवंं बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्वि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।
बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढी हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष बैंश गुरुङले जानकारी दिए । दसैँमा आन्तरिक पर्यटकको चहलपहल बढेको उनले बताए । दसैँमा दैनिक सात सयदेखि एक हजारसम्म आन्तरिक पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए ।
विशेषगरी युरोपेली मुलुक, चीन, भारतलगायत देशबाट पर्यटक बन्दीपुर आउने गरेका छन् । बाह्य पर्यटक दिनमा चार सयदेखि पाँच सयसम्म आउने गरेका छन् । बन्दीपुर घुम्न आउने पर्यटकका लागि होटल व्यवसायीले आकर्षक कार्यक्रम नबनाए पनि आन्तरिक पर्यटकका लागि १० देखि १५ प्रतिशतसम्म छुट दिने गरिएको छ ।
कुनै बेला व्यापारिक केन्द्र बनेको बन्दीपुर विसं २०२५ मा सदरमुकाम दमौलीमा सरेपछि व्यापारी पनि दमौली, आँबुखैरेनी र नारायणगढतिर गएका कारण यो स्थल प्रायः सुनसान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म