घरेलु मैदानमा चेल्सी पराजित
शनिबार, ११ कात्तिक २०८०, २० : २५

लण्डन । प्रिमियर लिगमा चेल्सी आफ्नै घरेलु मैदानमा ब्रेन्टफोर्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सी २–० ले पराजित बनेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५८ औँ मिनेटमा इथन पिनोकले पाहुना टोलीलाई अग्रता दिलाए । चेल्सीले गोल गर्ने थुप्रै अवसरहरू गुमाएको थियो ।
यसको फाइदा उठाउँदै इन्जुरी समयमा ब्रायन एमबेयुमोले अर्को गोल थप्दै टोलीलाई लिगमा तेस्रो जीत दिलाए । पराजयपछि चेल्सी १० खेलबाट १२ अङ्क बटुल्दै लिगको ११ औँ स्थानमा सीमित बनेको छ ।
१३ अङ्कसहित ब्रेन्टफोर्ड लिगको १० औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
-
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट