रोमाञ्चक खेलमा रेकर्ड जीतबाट चुक्यो न्युजिल्याण्ड

धर्मशाला । एकदिवसीय विश्वकपमा न्युजिल्याण्ड मात्र ६ रनले विश्वकीर्तिमानी जीतबाट चुकेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ८३ रन बनाउन सक्यो ।
जेम्स निसमले ३९ बलमा ५८ रन बनाउँदै टोलीलाई जीत नजिक पुर्याएका थिए । तर, अन्तिम ओभरमा उनी रन आउट भएसँगै न्युजिल्याण्ड मात्र ५ रनले पराजित हुनपुग्यो । यदि आजको खेलमा जीत हासिल गरेको भए विश्वकपमा न्युजिल्याण्डले अहिलेसम्मकै ठुलो लक्ष्य पछ्याउने थियो ।
खेलमा कूल ७ सय ७१ रन बन्यो । कुनै पनि विश्वकपको एकै खेलमा बनेको यो सर्वाधिक रनको कीर्तिमान हो । पहिलो दुई खेल गुमाएको अस्ट्रेलियाको यो लगातार चौथो जीत हो । ६ खेलबाट अस्ट्रेलियाको ८ अंक रहेको छ । जीतका बाबजुद नेट रन रेटका आधारमा अस्ट्रेलियाले समान अंक रहेको न्युजिल्याण्डलाई उछिन्न भने सकेन । न्युजिल्याण्ड तेस्रो र अस्ट्रेलिया चौथो स्थानमा रहेको छ ।
न्युजिल्याण्डका लागि रचिन रविन्द्रले सर्वाधिक ११६ रन बनाए । उनले ८९ बलमा ९ चौका र ५ छक्का हिर्काए । त्यस्तै डेरल मिचेलले ५१ बलमा ५४ रनको पाली खेले । अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ तथा जोस हेजलवुड र प्याट कमिन्सले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाँचपटकको विजेता अस्ट्रेलियाले हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियमा ४९.२ ओभरमा सबै विकेट गुमाएर ३ सय ८८ रन बनाएको थियो ।
अस्ट्रेलियालाई ट्राभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात दिलाए । दुवैले १ सय ७५ रनको साझेदारी गरे । वार्नरले ८५ रन बनाए । यसक्रममा उनले ५ चौका र ६ छक्का हिर्काए । ट्राभिस हेडले पनि आक्रामक पाली खेल्दै शतक बनाए । उनले ५९ बलमा आफ्नो शतक पुरा गर्दै १०९ रन बनाए । यो विश्वकपमा यो तेस्रो चाँडो शतक हो । यसअघि ग्लेन म्यक्सवेलले ४० तथा ऐडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए । विश्वकपमा उनको यो पहिलो तथा करियरको चौथो शतक हो ।
दुई खेलाडी आउट भएपछि अस्ट्रेलिया मध्यक्रमले खासै ठुलो योगदान दिन सकेन । मिचेल मार्स ३६ रन बनाएर आउट भए भने स्टीभन स्मिथ र मार्नस लाबुस्चेनले समान १८–१८ रन बनाए ।
त्यसपछि आएका ग्लने म्याक्सवेलले पुनः विस्फोटक पारी खेले । अघिल्लो खेलमा ४० बलमा शतक बनाएर कीर्तिमान बनाएका उनले २४ बलमा ४१ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, जोस इंग्लिस र कप्तान प्याट कमिन्सले अस्ट्रेलियालाई विशाल योगफलसम्म पुर्याए । इंग्ल्सिले मात्र २८ बलमा ३८ रन बनाए । उनले चार चौका र एक छक्का हिर्काए । कप्तान कमिन्सले १४ बलमा ३७ रन बनाए । उनले दुई चौका र ४ छक्का हिर्काए । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३–३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा चन्द निर्वाचित
-
एउटा पाठो, दुई महिलाको दाबीः प्रहरीले यसरी सुल्झायो विवाद
-
१२ दिन बित्दा पनि पूरा भएन शिक्षकको माग, तस्बिरहरू
-
बक्स अफिसमा राम्रो प्रदर्शन गर्दै सनीको ‘जाट’
-
‘कतारमा राजनीति र समाजसेवीको नाममा ठगीका गिरोह सक्रिय छन्’
-
नागरिकलाई भूमि अधिकार उपलब्ध गराउन सरकार प्रयत्नरत छ : मन्त्री अधिकारी