सराय खेल्दै र नाच्दै दसैँलाई बिदाइ, तस्बिरहरु

मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
पाल्पा । कोजाग्रत पूर्णिमाको दिनमा सराय खेल्दै र नाच्दै दसैँलाई बिदा गरिएको । पाल्पा बाहेक गुल्मी, अर्घाखाँची, प्युठान साथै स्याङ्जाको केही भागमा सराय नाच नाच्ने चलन छ । दसैँको अवसरमा युद्ध अभ्यास वा त्यसको अभिनय गरेर यो नाच नाचिन्छ । सराय खुँडा, खुकुरी, भाला, तरबार जस्ता घरेलु हतियार प्रयोग गरेर नाचिने रमाइलो र साहसिक खेल हो । सरायलाई महोत्सव कै रूपमा लिने चलन छ ।
फरक, फरक स्थानमा सप्तमीदेखि कोजाग्रत पूर्णिमासम्म सराय खेल्ने र नाच्ने गरिन्छ ।जिल्लाकै पूर्वी भेगका खालीवन, जव्गादी, सिलुवा, गेझा, गल्धा लगायतका गाविसमा फूलपाती दसैँघरमा लागि विसर्जन गर्ने सराय खेलिन्छ । अष्टमी, नवमी र दशमीको दिनमा तरबार ठोक्काउने, बली दिइएका पशुको टाउकोलाई वाख्वाई ह्वा गर्दै नचाउने, रमाइलो गरिन्छ ।
कोटघर, देवीको मन्दिरमा राखिएका हतियारलाई प्रदर्शन गर्दै पन्चेबाजाको तालमा नाच्दै, खेल्दै, रमाउँदै परिक्रमा गर्ने चलन रहेको चलन छ । अष्टमीको दिनमा बली दिने र देवी खुसी पार्न तरबार ठोक्काउने र नचाउने गर्दा हेर्नेले समेत रमाइलो मान्दै आनन्द लिन्छन् । अग्ला कोट, देवीका मठमन्दिरमा देवीको पूजाआजा र भजन–कीर्तनसँगै सराय खेल्ने गरिन्छ । पञ्चेबाजाको तालमा खुकुरी, खुँडा, तरबार नचाउने र खेल प्रदर्शन गरेका थिए । हतियार प्रयोग गरिने भएकोले यसलाई साहसी र रमाइलो खेलको रूपमा समेत लिने गर्छन् ।
घटस्थापनादेखि पूजा आजा गरिएको देवीको मन्दिरको फूलपाती टिका, अक्षता, डोलामा राखेर सराय नाच्दै, खेल्दै नजिकैको पोखरीमा लगि सेलाइने चलन छ । यसरी सेलाएपछि यस वर्षको दशैलाई समेत बिदा गरिने र एक वर्षका लागि पुनः हतियारलाई देवीको मन्दिरमा राखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न उर्जा मन्त्रालयद्वारा चार सदस्यीय समिति गठन
-
बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष घिमिरे जबरजस्ती करणी मुद्दामा दोषी ठहर
-
यस्तो छ ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’
-
सुदीपको न्यायको लागी पाकिस्तानी दूतावास अगाडी प्रदर्शन गरिँदै
-
कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
-
मधेस केन्द्रित दलले भारतमा भएको आतकङ्कारी हमलाको निन्दा गरे