३१ वर्ष कान्छो धर्मपुत्रसँग विवाह गरेपछि रुसी संगीतकारको आलोचना

टारास्टान । रुसमा एक ५३ वर्षीया महिलाले धर्मपुत्रका रूपमा ८ वर्ष पालेका २२ वर्षीय पुरुषसँग विवाह गरेपछि उनको तीव्र आलोचना भएको छ । रिपब्लिक अफ टारास्टानमाकी चर्चित संगीतकार आईसीलू चिजेभ्सकाया मिंगालिमले उनको धर्मपुत्रलाई विवाह गरेपछि विवाद भएका हो ।
आठ वर्षअघि काजानमा रहेको अनाथालयमा संगीत सिकाउँदा उनले १३ वर्षीय डानिललाई भेटेकी थिइन् । उनीजस्तै संगीतमा रुची राख्ने डानिल र आईसीलूले जोडी भएर काम गर्न थाले । डानिलले ‘यू आर सुपर !’ जस्ता रियालिटी शोमा पनि भाग लिए भने चर्चित रुसी गायक फिलिप किरकरोपसँग पनि काम गरे ।
१४ वर्षको उमेरमा आईसीलूले डानिललाई धर्मपुत्रका रूपमा भित्र्याएकी थिइन् । त्यसयता दुवै सँगै बस्दै आएका थिए । तर, गत अक्टोबरमा भने दुईजनाले विवाह गरेको घोषणा गरेपछि धेरै जना चकित बनेका थिए ।
‘हाम्रो विवाह भिन्नै तहमा रहेको छ । हाम्रो परिवारलाई रचनात्मकताले जोडेको छ जसलाई कसैले तोड्न सक्दैन,’ आईसीलूले रुसी पत्रकारहरूसँग भनिन् । मानिसहरूले उनको अवस्थालाई बुझ्न नसकेको उनले जिकिर गरिन् ।
रिपब्लिक अफ टारास्टानमा भने उनको चर्को आलोचना गरिएको छ । उनलाई देशको लागि धब्बा समेत भएको बताइएको छ । अधिकारीहरूले समेत उनले धर्मपुत्र बनाएका अन्य बालबालिकालाई उनीबाट खोसेर काजानका अनाथालयमा पुर्याएका छन् ।
यता आईसीलूले भने उनको र डानिलको सम्बन्ध शारीरिकभन्दा बढी आध्यात्मिक भएको बताएकी छन् । यसलाई धेरैले बुझ्न नसकेकोमा उनले गुनासो गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल