भन्सार छली गरेर ल्याइएको चिनी र चामल प्रहरी नियन्त्रणमा
शनिबार, ११ कात्तिक २०८०, १० : ३६

जनकपुरधाम । धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको चिनी र चामल बरामद गरेको छ । बिहीवार प्रहरीले २ लाख ७१ हजार १ सय बराबरको विभिन्न किराना सामानहरु, चिनि र चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरिक्षक चन्दकिशोर साहको कमाण्डमा खटिएको टोलीले धनुषाको बोडर हुँदै भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको अवस्थामा सो सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सो सामग्रीहरु आवश्यक कारवाहीको लागी शुक्रवार जनकपुर भन्सार कार्यालय जनकपुरमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस