राजीव र सुस्मिता च्याम्पियन
काठमाडौँ । भक्तपुर ५ का राजीव चिकवन्जार र ओखल्ढुंगा ७ की सुस्मिता खड्का तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्स च्याम्पियन बनेका छन् । पुरुषमा राजीव तथा महिलामा सुस्मिता पहिलो भएका हुन् ।
स्पिन इभेन्ट प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा राजीवले सिरहा २ का कृष्ण थापा मगरलाई ११–८, ११–७, १०–१२, ७–११ र ११–९ को सेटमा पराजित गरे । वेल्कोटगढी ८ का गणन्जय दाहाल तथा सिन्धुपाल्चोक ६ का सुजन गडाल संयुक्त रूपमा तेस्रो भए ।
खेल प्रेमी सुमन खड्गीको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको महिला सिंगल्सको उपाधि भिडन्तमा सुस्मिताले भुक्तपुर २ की मञ्जु सुवाललाई ११–७, ११–७ र ११–१ को सोझो सेटमा पराजित गरिन् । कीर्तिपुर ६ की योङगी पौडेल र भक्तपुर ६ की यशस्वी अवालले तेस्रो स्थानमा चित्त बुझाए । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा जम्मा १० स्पर्धामा प्रतिस्पर्धा भएको थियो । अन्य स्पर्धाको यु–१६ ब्वाइज सिंगल्समा कीर्तिपुर ६ का जयस्नु महर्जन र गर्ल्समा कीर्तिपुर ६ की योङगी पौडेल तथा टिम इभेन्टको पुरुषमा ललितपुर ६ र महिलामा भक्तपुर २ ले स्वर्ण हात पारे । त्यस्तै भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि काठमाडौं २६ का चन्दन शाही, ५० वर्षमाथि ललितपुर ६ का राजेन्द्र कपाली र ६० वर्षमाथि धरानका राजन सुब्बा तथा महिला ४० वर्षमाथि काठमाडौं २९ की इन्दिरा पराजुलीले पहिलो स्थान हात पारेका थिए । टिम इभेन्टमा बाहेक अन्य स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २ हजार ५ सय नगद पुरस्कार पाए । टिम इभेन्टमा भने नगद पुरस्कार थिएन ।
प्रतियोगितामा दिनेश बोहरा, रोज शाही, सिरा शाक्य र मेरिशा श्रेष्ठ उदीयमान खेलाडी घोषित भए ।
विजेतालाई बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जन, आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । चार दिने प्रतियोगितामा करिब ४ सय खेलाडीले प्रतिस्पर्धा गरेको स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा भएको प्रतियोगिताको प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् । आधिकारिक बल डीएचएस तथा पोसाक गोर्खा एथलेटिक्सले प्रायोजन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
-
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
-
भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु
-
तीन तहका सरकारबाट लागू गरिएका कतिपय करबारे पुनर्विचार गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री
-
नेपालले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनायो : प्रभु साह
-
‘कमेडी दरबार’ छोड्दै नम्रता