माछापुच्छ्रेमा पदयात्रा गर्नेलाई पालिकाले लगायो प्रवेश शुल्क
शुक्रबार, १० कात्तिक २०८०, २१ : २६

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पदयात्राका लागि जाने पर्यटकलाई प्रवेश शुल्क लिने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाले आन्तरिक र बाह्य पर्यटकको लागि प्रवेश शुल्क तोकेको हो ।
गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै शुल्क तिर्न आग्रह गरेको छ । स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटकका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।
गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्नका लागि शुल्क लिन लागेको जनाएको छ । `सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहोर मैला व्यवस्थापन लगायतका काम गर्न पर्यटन सेवा शुल्क लिन गाउँसभाले पर्यटन शुल्क लिने निर्णय गरेको हो,´ अर्यालले भने, `सोही निर्णय अनुसार शुल्क तोकिएको हो ।´
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग