मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘दलितलाई आवासको व्यवस्थाको गर्न आन्दोलन’

शुक्रबार, १० कात्तिक २०८०, २१ : ०६
शुक्रबार, १० कात्तिक २०८०

सप्तरी । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले दलितलाई आवासको व्यवस्था गर्न आन्दोलन गर्ने जनाएको छ । सप्तरी जिल्लास्तरीय बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रममा दलितलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धता गरिएको हो । 

सुनिल दासको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रवक्ता चन्द्रभूषण साह, प्रदेश इन्चार्ज सुधिर यादव, केन्द्रीय सदस्यहरु प्रमोद साह , दिलीप साह, प्रेम साह, सरोज बाछड़, आईटी आर्मीको प्रदेश इन्चार्य नरेश तुरहा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

आजपाले जनजिविकाको सवाललाई निरन्तर उठाउँदै आएको छ । आजपाको संघीय संसदमा एक सिटको प्रतिनिधित्व रहेको छ भने सो पार्टीले भन्सार कमिसनको समेत विरोध गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप