मिसन २०८४ का लागि जसपा–लोसपाबीच होला त गठबन्धन ?

काठमाडौँ । २०८४ मा हुने चुनावका लागि मधेसमा गठबन्धन बनाउने प्रयास भइरहेको छ । जसअनुसार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी गठबन्धन हुने आन्तरिक छलफल सुरु भएको छ ।
जसपा स्रोतका अनुसार नेताहरुको बीचमा अनौपचारिक कुराकानी सुरु भएको छ । जसपाका एक नेताले भने, ‘अहिले चुनाव आउन धेरै समय बाँकी छ । त्यतिबेलासम्म देशमा के हुन्छ ठेगान छैन, चुनाव भयो भने दुई दलको बीचमा एकता हुन सम्भावना छ ।’
तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरण भएर जसपा नेपाल बनेको थियो । तर त्यो एकीकरण एक वर्ष पनि टिकेन । महन्थ ठाकुर पक्षका नेताहरु जसपाबाट अलग भएर लोसपा गठन गरेका थिए ।
२०७९ मा पनि यी दुई पार्टी चुनावी गठबन्धन प्रयास भएको थियो तर भर्खर पार्टी विभाजन भएको कारण गठबन्धन हुन सकेन । जसपा एमालेसँग र लोसपाले काँग्रेस–माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावमा भाग लिएका थिए ।
२०७९ मा दुवै दलले सोचेजस्तो नतिजा ल्याउन नसकेपछि आगामी चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल भइरहेको बताइएको छ ।
जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले राजनीतिमा असम्भव भने कुरा केही नभएको तर हालसम्म सहकार्यबारे कुनै कुराकानी नभएको जिकिर गरे । उनले भने, ‘जसपा–लोसपा गठबन्धन भयो भने मधेसी जनता खुशी नै हुन्छन् । तर, अहिले त्यस्तो गतिविधि छैन ।’
२०८४ सम्म लोसपाको अवस्था के हुने, त्यसमा पनि गठबन्धन हुने नहुने कुराको भर पर्ने जसपाका नेताहरुले बताए । जसपाका एक जना कार्यकारिणी सदस्य भन्छन्, ‘लोसपा विघटनतर्फ गइरहेको छ । त्यो पार्टी छाडेर नेताहरु अन्यत्र गइरहेका छन् । चुनाव आउँदासम्म लोसपा रहन्छ कि रहन्न, ठेगान छैन । यदि रह्यो भने गठबन्धन हुने सम्भावना प्रबल छ ।’
लोसपाका सहमहासचिव सन्तोष मेहताका अनुसार लोसपा र जसपाबीच गठबन्धन होस् भनि मधेसी जनताले चाहेका छन् । यी दुबैबिच धेरै कुरा मिल्ने उनको भनाइ छ । त्यसैले, राजनीतिक हितका लागि एक हुनुपर्ने उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीका युवा मिडफिल्डर एन्जोलाई भित्र्याउने योजनामा रियल म्याड्रिड
-
सविन महर्जनलाई एउटा गोली लागेको पोस्टमार्टम रिपोर्ट
-
प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत
-
सहमति कार्यान्वयन नभए संसद चल्दैनः माओवादी केन्द्र
-
आवासीय चिकित्सकहरूद्वारा पुनः आन्दोलनको चेतावनी
-
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल