भेनेजुएलाद्वारा १० टनभन्दा बढी कोकिन बरामद

काराकास । भेनेजुएलामा प्रहरी र सैन्य कारवाहीका क्रममा १० टनभन्दा बढी कोकिन बरामद भएको अधिकारीहरूले बताएका छन् । यो गत वर्ष बराबद गरिएको सबै बरामदको करिब एक चौथाइ बराबर हो ।
“कूल १० हजार चार सय किलोग्राम कोकिन हाइड्रोक्लोराइड बरामद गरेर जलाइएको छ”, मुलुकका लागुऔषध विरोधी एजेन्सीका प्रमुख रिचर्ड लोपेजले सामाजिक सञ्जाल एक्समा भने । कोकिन हाइड्रोक्लोराइडले अवैध औषधिको पाउडरलाई दर्शाउँछ ।
लोपेजका अनुसार भेनेजुएलाले यो वर्ष करिब ५१ टन लागुऔषध बरामद गरिसकेको छ । त्यस्तै यो वर्ष १३ हजारभन्दा बढीलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । प्रहरीले १३ प्रयोगशाला, एक रसद केन्द्र, हतियार र विस्फोटक पदार्थ बनाउने कारखानासहित तीन कोकिन उत्पादन शिविर ध्वस्त पारेको लोपेजले बताए ।
अधिकारीहरूले कोलम्बियाको सीमामा उत्तरपश्चिमी जुलिया राज्यमा तीन दिनसम्म गरेको कारवाहीमा कुनै पनि गिरफ्तारीको सूचना दिएको छैन । उक्त राज्यमा यो वर्ष सबैभन्दा धेरै लागुऔषध बरामद गरिएको छ । लागुऔषध विरोधी एजेन्सीका अनुसार सन् २०२२ मा ४१ टनभन्दा धेरै नशालु पदार्थ बरामद गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
भिनिसियस जुनियर भन्छन्– ‘रियल म्याड्रिड छाडेर साउदी लिग खेल्ने हल्ला निराधार’
-
धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिइए दण्डनीय : ओली
-
केपीलाई विद्याको सन्देश : कम्युनिस्ट एकता गर्ने कि मार्ग प्रशस्त गर्ने ?