नेशनल लाइफद्वारा भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग
![नेशनल लाइफद्वारा भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग](https://npcdn.ratopati.com/media/news/image-2_82ZQMfFIM4.jpg)
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिले गत असोज १६ गते आएको भूकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका–४ स्थित श्री बाल विकास माध्यमिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
बाल विकास माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हद सम्म भए पनि राहत मिल्ने धारण व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा, विद्यालयका प्रधानाध्यापक केशरबहादुर खातीले आर्थिक सहयोगबाट पुस्तकालय पुनर्निर्माण गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि