गुल्सन झाले ४५ रनमा आउट गराए यूएईका ओपनर वसिमलाई
शुक्रबार, १० कात्तिक २०८०, १३ : ४४
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ । फाइनल खेलमा नेपालले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो पहिलो विकेट गुमाएको छ ।
यूएईले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान मुहम्मद वसिमलाई गुमाएको हो । उनलाई नेपाली बलर गुल्सन झाले ४५ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । यूएईका कप्तानसमेत रहेका वसिमले केवल २२ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ६.४ ओभरमा एक विकेट गुमाएर ७१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : नेता कोइराला
-
रास्वपाले भोलिदेखि काठमाडौँमा प्रदर्शन गर्ने
-
ओली सरकारविरुद्ध काठमाडौँमा माओवादीको पहिलो विरोध प्रदर्शन : अन्य प्रदेशमा के-के छन् तयारी ?
-
फूलपातीमा रिलिज फिल्महरू तेस्रो सातामा, कमाई कस्तो ?
-
दक्षिण अफ्रिकासँग केही लागेन घरेलु टोली बंगलादेशको, सात विकेटले पराजित
-
इङ्ल्यान्डका सेफ अली जेब सुदूरपश्चिम रोयल्समा