सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

हुम्लामा विद्युत् सेवा अवरुद्ध

शुक्रबार, १० कात्तिक २०८०, १३ : ३३
शुक्रबार, १० कात्तिक २०८०

सिमकोट । बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुई वटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।
  
नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको विद्युत्गृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । 

मुख्य क्यालनमा रहेको अस्थायी पाइप हटाइ उक्त स्थानमा पाइप जडान गर्ने कार्य भइरहेकाले विद्युत् सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाका प्रमुख नारायणप्रसाद कर्णले बताए ।
  
यही कात्तिक ९ देखि २२ गतेसम्म पुनःनिर्माण कार्य हुने भएकाले १३ दिनसम्म यहाँ विद्युत् सेवा उपलब्ध नहुने प्रमुख कर्णले जानकारी दिए । हिउँदयाममा भारी हिमपात हुने तर विद्युत्का लागि आवश्यक पानी नपुग्नुका साथै पहिरो जाने भएको हुँदा हिमपात हुनुअगावै मर्मत गरिएको हो । 
   
विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार भएको हो भने दसैँ बिदा सकिएलगत्तै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय खुला हुने भए पनि विद्युत् सेवा अवरुद्ध हुँदा काम गर्न असहज हुने भएको छ । यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब दुई हजार दुई सय बढी सेवाग्राही प्रभावित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप