भैरहवाको युनिभर्सल मेडिकल कलेजका विद्यार्थी १२ दिनदेखि रिले अनसनमा
काठमाडौँ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका विद्यार्थीहरू विगत १२ दिनदेखि रिले अनसनमा बस्दै आएका छन् । कलेजका प्रिन्सिपल प्राडा लक्ष्मी पाठकको राजीनामा माग गर्दै विद्यार्थीहरू विगत १२ दिनदेखि रिले अनसनमा बस्दै आएका हुन् ।
दसैँको अवसरमा समेत विद्यार्थीहरूले कलेज परिसरमै रिले अनसनमा बसेका हुन् । उनीहरूले अहिले प्रिन्सिपल पाठकको राजीनामा माग गर्दै आएका छन् । कलेज प्रशासनले उल्टै विभिन्न खालको धम्की दिँदै आएको विद्यार्थीहरूले बताएका छन् ।
आन्दोलन र रिले अनसनमा सरिक हरेक विद्यार्थीहरूलाई धम्की दिँदै आएको विद्यार्थीहरूको भनाई छ । प्रिन्सिपल पाठककै कारण यत्रो दिन कलेज तथा शिक्षण अस्पताल ठप्प रहेको उनीहरूको भनाई छ ।
मेडिकल कलेज प्रशासनले ड्रेस कोड अनिवार्य गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए । कलेज प्रशासनले एमबिबिएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्न गर्ने विद्यार्थीहरूका लागि गोजीबीनाको पहेँलो सर्ट र कालो पाइन्ट ड्रेस कोड तोकेको थियो ।
विद्यार्थीहरूले उक्त ड्रेसकोड अव्यवहारिक रहेको भन्दै संशोधन गर्न माग गर्दै आएका थिए । तर, कलेज प्रशासनले उक्त निर्णयबाट पछि हट्न नसकिने बचाएपछि विद्यार्थीहरूले दुई सातादेखि कलेज परिसरभित्रै आन्दोलन गर्दै आएका थिए । तर, कलेज प्रशासनले विद्यार्थीहरूको आन्दोलनप्रति बेवास्ता गर्दै आएपछि विद्यार्थीहरूले अहिले प्रिन्सिपलको राजीनामा एकसुत्रीय माग अघि सार्दै आएका हुन् ।
ड्रेस कोडसँगसँगै आफूहरूमाथि भइरहेको श्रम शोषण तथा विद्यार्थीहरूलाई परीक्षा दिन रोक लगाएकोविरुद्धमा समेत आन्दोलन गरिरहेको विद्यार्थीहरूले बताए ।
मेडिकल कलेजले इन्टर्नसीप गर्ने डाक्टरहरूलाई १० हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ । उक्त पारिश्रमिक समेत बढाउनुपर्ने आफुहरूको माग गरेको विद्यार्थीहरूले बताए ।
रिले अनसनमा मेडिकल कलेजमा पढ्ने सबै एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले साथ दिइरहेका छन् । त्यस्तै आंशिक चिकित्सकहरूले समेत साथ दिइरहेको विद्यार्थीहरूको दाबी छ ।
प्रिन्सिपल डा. पाठकको राजीनामा नआउँदासम्म रिले अनशन जारी रहने एक विद्यार्थीले बताए । ड्रेस नलगाएको निहुँमा एमबीबीएस अन्तिम वर्षको कक्षा नै रद्द गरिदिएको ती विद्यार्थीले बताए । विद्यार्थीहरू दुई सातादेखि आन्दोलित बनिरहँदा कलेज प्रशासन, तथा व्यवस्थापन पक्ष वार्ता तथा माग सम्बोधनका लागि सकारात्मक देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति