सातौँ विकेटका रूपमा गुल्सन झा पेभेलियन फर्किए
शुक्रबार, १० कात्तिक २०८०, १२ : ३६
काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ ।
नेपालले सातौँ विकेटका रूपमा गुल्सन झालाई गुमाएको हो । उनी आठ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई यूएईका बलर जुनैद सिद्धकीले मुहम्मद वसिमद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले १६.१ ओभरमा सात विकेट गुमाएर एक सय ३१ रन बनाएको छ ।
यूएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : नेता कोइराला
-
रास्वपाले भोलिदेखि काठमाडौँमा प्रदर्शन गर्ने
-
ओली सरकारविरुद्ध काठमाडौँमा माओवादीको पहिलो विरोध प्रदर्शन : अन्य प्रदेशमा के-के छन् तयारी ?
-
फूलपातीमा रिलिज फिल्महरू तेस्रो सातामा, कमाई कस्तो ?
-
दक्षिण अफ्रिकासँग केही लागेन घरेलु टोली बंगलादेशको, सात विकेटले पराजित
-
इङ्ल्यान्डका सेफ अली जेब सुदूरपश्चिम रोयल्समा