अर्धसतक बनाएलगत्तै पेभेलियन फर्किए कुशल भुर्तेल

काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनले टोलीका लागि अर्धसतकीय योगदान गरे । उनी अर्धसतक पुरा गरे लगत्तै अर्को बलमा पेभेलियन फर्किएका हुन् ।
उनले २८ बलमा तीन छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका थिए । उनलाई युएईका बलर जाहुर खानले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले ७।३ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको छ ।
युएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकको तलब दिने
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
सांसद विकास कोष ब्युँत्याउन फेरि लागिपरे सांसद, सरकारलाई दिन थाले दबाब