युवाहरुबिच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु
सुर्खेत। युवाहरुबीच ग्याङ फाइट हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्री रहेका छन्।
उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । मृत्यु भएका किशोर ससुराली गएका थिए ।
दैलेख प्रहरीका अनुसार गएराति भैरबी गाउँपालिका–४ मा रहेको सिलङ्गी बजारमा दुई समुहबीच भएको सामान्य विवादमा झडप भएको थियो । मोटरसाइकलमा आएका केही युवाहरुले गाली गलौज गर्दै, अपशब्द बोल्ने गरेका थिए ।
मान्छेहरुलाई सुन्न नसकिने अपशब्दका गाली गलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडपको स्थिति आएको प्रहरी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए ।
झडपका घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाही दुल्लू अस्पतालमा सामान्य उपचार गरी डिस्चार्ज भइसकेका छन् ।
प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको १५० सीसीको निलो रङ्गको पल्सर मोटरसाइल उठाई सिलङ्गी प्रहरी चौकीमा राखेको छ ।
घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा
-
कुमारी बैंक लिमिटेड र भिजन कार्टबिच सम्झौता
-
विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
-
सन्तोषनारायणको नियुक्तिपछि सेबोनमा नवराजले छाडे प्रवक्ताको जिम्मेवारी