खेलकुद
चौका प्रहार गर्दा कुशलको भाँचियो ब्याट
शुक्रबार, १० कात्तिक २०८०, ११ : १८

काठमाडौँ । त्रिकोणात्मका टी—२० क्रिकेट शृंखलाको यूएईविरुद्धको फाइनल खेलमा चौका प्रहार गर्दा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको ब्याट भाँचिएको छ ।
उनले यूएईका बलर मुहम्मद जवादुल्लाहको बलमा चौका प्रहार गरेका थिए । सोही क्रममा कुशलको ब्याट भाँचिएको हो । तीन ओभरको खेल सकिँदासम्म नेपालले कुनै पनि विकेट नगुमाई २६ रन बनाएको छ ।
कुशल भुर्तेल २० रन र आसिफ शेख पाँच रन बनाउँदै क्रिजमा छन् । कुशलले १२ बलमा चार चौका हिर्काएका छन् । ब्याट भाँचिनुअघि कुशल क्याच आउट हुनबाट जोगिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित
-
शशांकको चियापानमा इतर समूहका भन्दा संस्थापनका धेरै नेता, देखिएनन् शेखर र सुजाता
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
-
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’