आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

शुक्रबार, १० कात्तिक २०८०, ०६ : ३३
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो । 

पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका  लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो ।  सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो । 

उनको ६८ वर्षको उमेरमा निधन भएको हो । उनको अन्त्येष्टिबारे चीन सरकारले कुनै निर्णय गरिसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप