साबिक विजेता इंग्ल्याण्डको कमजोर प्रदर्शन जारी

बैंग्लुरु । साबिक विजेता टोली इंग्ल्याण्डले भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो कमजोर प्रदर्शन जारी राखेको छ । बिहीबार भएको खेलमा इंग्ल्याण्ड श्रीलंकाविरुद्ध ३३.२ ओभरमा १ सय ५६ रनमा अलआउट भएको हो ।
इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४३ रनको योगदान दिए । उनले यस क्रममा ६ चौका हिर्काए । इंग्ल्याण्डले सुरुवात भने राम्रो गरेको थियो । ओपनरद्वय डेविड मलान र जोनी बेयरस्टोले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरे । मलानले २८ रन तथा बेयरस्टोले ३० रन बनाए ।
त्यसपछि भने इंग्ल्याण्डले लगातार विकेट गुमाउँदै गयो । मोइन अलीले १५ तथा डेभिड विलीले १४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
श्रीलंका लागि लाहिरु कुमाराले ३ तथा कासुन राजिथा र एन्जलो म्याथ्युजले २–२ विकेट लिए । जारी प्रतियोगितामा हालसम्म इंग्ल्याण्ड ४ खेलमा १ मा मात्र जीत हासिल गर्न सकेको छ भने ३ खेलमा पराजय बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी