‘द कपिल शर्मा शो’ को कम्ब्याकमा ढिलाइ

मुम्बई । जुलाईको अन्तिम साताबाट बन्द भएको ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र सानो पर्दामा फर्किने भएको छ । शोका निकटस्थहरूका अनुसार कपिल र उनको टोलीले यो वर्षको अन्त्यसम्ममा मात्र ३ महिनाको ब्रेक लिएर फर्कन चाहेको थियो । तर, कपिलको नयाँ प्रोजेक्टले उनको योजना बिथोलेको छ ।
श्रोत भन्छन्, ‘जब कपिलले शोबाट ब्रेक लिने निर्णय गरे, तब उनले यो ब्रेक ३ महिनाको लागि मात्र चाहेका थिए। त्यस समयमा कपिल आफ्नो अन्तर्राष्ट्रिय भ्रमणमा व्यस्त थिए। कपिलको व्यावसायिक प्रतिबद्धतालाई ध्यानमा राखिएको थियो। च्यानलले उनलाई ३ महिनाको ब्रेक लिएर नोभेम्बर महिनामा शोमा फर्कन भनेको थियो । तर यसैबिच कपिलले नयाँ प्रोजेक्ट साइन गरेर निर्मातालाई चकित पारेका थिए ।’
उनले थप बताए, 'कपिलले नेटफ्लिक्ससँग कमेडी च्याट शो साइन गरेका छन् जुन करिब ३ महिनासम्म चल्नेछ। नेटफ्लिक्सको सम्झौता अनुसार कपिल उनीहरूको बाहेक अरू कुनै टिभी कार्यक्रमको हिस्सा बन्न पाउने छैनन् । कपिल विथ नेटफ्लिक्सलाई ध्यानमा राख्दै च्यानलले अब अर्को वर्षको मार्च महिनामा शोमा पुनरागमन गर्ने सोच बनाएको छ ।’ 'द कपिल शर्मा शो' को अन्तिम एपिसोड २३ जुलाई २०२३ मा टेलिकास्ट भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स, फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब
-
विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो
-
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
-
फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी
-
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
-
बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित