गाजामा अल-जजीरा संवाददाताका सम्पूर्ण परिवार मारिए
बिहीबार, ०९ कात्तिक २०८०, १४ : ०६

गाजा । अल-जजिरा मिडिया नेटवर्कले इजरायली हवाई आक्रमणमा गाजा संवाददाताका श्रीमती र दुई छोराछोरी मारिएको जानकारी दिएको छ। उनीहरू उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका थिए।
यस आक्रमणको बारेमा इजरायली सेनाको तर्फबाट कुनै बयान आएको छैन। अल-जजीराले प्रत्यक्ष टिभीमा संवाददाता वेल अल-दहदौलाई आफ्नी श्रीमती, छोरी र छोराको शव समातेको देखाएको थियो।
अल-जजीराका अनुसार उनीहरू गाजाको नुसिरत शरणार्थी शिविरमा बस्दै आएका थिए जहाँ इजरायली रकेट आक्रमण गरिएको थियो । इजरायलको चेतावनीपछि वेल अल-दहदौले आफ्नो परिवारसहित उत्तरी गाजा छोडेर दक्षिणी गाजा गएको अल-जजीराले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदमा ऊर्जामन्त्रीले भने– ‘कुलमान कानुनभन्दा माथि हो भने संसद्ले भनिदिनुपर्यो ’
-
कालिज पालनमा कामयाब गौरवको सङ्कल्प : कृषिसँग होमस्टे जोड्न चाहन्छु
-
टम ब्रुसले बनाए न्युजिल्यान्डको क्रिकेट इतिहासमा तेस्रो ठुलो एकल स्कोर
-
मन्त्री गुरुङको सांसदलाई प्रश्न : संवैधानिक काम गर्दा कसरी निरङ्कुश हुन्छ ?
-
भर्खर जङ्गलबाट सहर छिरेकाहरूले संसदमा असभ्य र अशिष्ट शब्दहरू बोल्न थाले: एमाले सांसद रिजाल
-
४ चैतबाट तेस्रो कर्णाली चलचित्र कार्यशाला हुने