प्रभाव पार्न सक्ने खेलाडी – डेविड मलान (इङ्ल्यान्ड)

काठमाडौँ । जारी विश्वकपमा बिहीबार इङ्ल्यान्डले श्रीलंकाको सामना गर्दैछ । अघिल्लो चारमध्ये तीन खेलमा हार बेहोरेको साबिक विजेता इङ्ल्यान्डका लागि यो खेल निकै महत्त्वपूर्ण छ । यो खेलमा पराजित भए इङ्ल्यान्डको अगाडि बढ्ने सपना लगभग समाप्त हुनेछ ।
श्रीलंकाविरुद्धको खेल इङ्ल्यान्डले बेंगलौरस्थित एम. चिन्नस्वामी स्टेडियममा खेल्दैछ । त्यहाँको पिच ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले पनि बिहीबार हुने खेलमा इङ्ल्यान्डले आफ्ना ओपनर ब्याट्सम्यान डेविड मलानबाट निकै आशा गरेको छ ।
३६ वर्षीय मलान इङ्ल्यान्डका अनुभवी खेलाडी पनि हुन् । उनले जारी विश्वकपका अघिल्ला चार खेलमा भने मिश्रित प्रदर्शन गरेका छन् । न्युजिल्यान्डविरुद्धको पहिलो खेलमा उनी १४ रनमै आउट भएका थिए ।
बंगलादेशविरुद्धको खेलमा भने उनले एक सय ४० रन बनाएका थिए । त्यो खेलमा उनले केवल एक सय सात बलको सामना गरी पाँच छक्का र १६ वटा चौका हिर्काएका थिए । उनले अर्का ओपनर जोनी ब्रेस्टोसँग एक सय १५ रनको साझेदारी गरेका थिए ।
मलानकै उत्कृष्ट प्रदर्शनमा त्यो खेलमा इङ्ल्यान्डले बंगलादेशलाई एक सय ३७ रनले हराएको थियो । जारी विश्वकपमा हालसम्म इङ्ल्यान्डले जितेको त्यो एउटा मात्र खेल हो । अफगानिस्तानविरुद्धको खेलमा पनि उनले टोलीका लागि ३२ रन बनाएका थिए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा भने उनी ६ रनमै पेभेलियन फर्किएका थिए ।
बायाँहाते ब्याट्सम्यान मलानले हालसम्म इङ्ल्यान्डका लागि २५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै ५८.९५ को औसतले कुल एक हजार दुई सय ३८ रन बनाएका छन् । उनले ६ शतक र पाँच अर्धशतक पनि प्रहार गरेका छन् ।
एकदिवसीय खेलमा उनको उच्च स्कोर एक सय ४० रन हो । उनले देशका लागि २२ वटा टेस्ट खेल्दै २७.५३ को औसतले कुल एक हजार ७४ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले एक शतक र नौ अर्धशतक पनि प्रहार गरेका छन् ।
टेस्ट क्रिकेटमा पनि उनको उच्च स्कोर एक सय ४० रन हो । यसका अतिरिक्त उनले इङ्ल्यान्डका लागि ६२ वटा टी—२० अन्तर्राष्ट्रिय क्रिकेट पनि खेलेका छन् । टी—२० अन्तर्राष्ट्रियको ६० पालीमा उनले ३६.३८ को औसतले कुल एक हजार आठ सय ९२ रन बनाएका छन् ।
टी—२० अन्तर्राष्ट्रियमा उनले एक शतक र १६ वटा अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर अविजित एक सय तीन रन हो । उनले टेस्टमा १३, एकदिवसीयमा सात र टी—२० अन्तर्राष्ट्रिय खेलमा २२ वटा क्याच पनि लिएका छन् ।
मलान टोलीलाई आवश्यक पर्दा बलरको भूमिका पनि निर्वाह गर्न सक्छन् । ६ फिट अग्ला मलान स्पिनर हुन् । उनले टेस्टमा दुई तथा एकदिवसीय अन्तर्राष्ट्रिय र टी—२० अन्तर्राष्ट्रियमा एक—एक विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धिमानमाको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री
-
गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ हुँदैन : प्रधानमन्त्री
-
मधेस प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ
-
राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा
-
ई स्पोर्टस टोली उज्वेकिस्तान प्रस्थान