राप्रपा अध्यक्ष लिङ्देन आज अमेरिका जाँदै

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज साँझ अमेरिका भ्रमणमा जाने भएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिका जान लागेका हुन् ।
अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
अमेरिकामा रहँदा अध्यक्ष लिङ्देन अक्टोबर २८ का दिन मोमो महोत्सव (फेस्टिभल)मा प्रमुख आतिथ्य ग्रहण एवं नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । अक्टोबर २९ का दिन ड्यालसको करि लिफ वैङ्कटमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन् ।
त्यस्तै अक्टोबर ३० का दिन साँझ केन्टकीका नेपाली समुदायसँग साक्षात्कार गर्नेछन् । अध्यक्ष लिङ्देन अक्टोबर ३१ का दिन ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रम तालिका अनुसार उनले नोभेम्बर २ का दिन वाशिंगटनस्थित नेपाली दूतावासको भ्रमण तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसपछि नोभेम्बर ४ मा न्यूयोर्कमा प्रवासी नेपाली एकता समाज पानस न्यूयोर्क च्याप्टरद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथ्य गरी नोभेम्बर ५ का दिन मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।
अध्यक्ष लिङ्देनको अमेरिकामा हुने सबै कार्यक्रमको तयारी उत्साहजनक ढंगबाट भइरहेको पानस आइसिसीका प्रमुख प्रेमकुमार श्रेष्ठले बताएका छन् ।
राप्रपाले प्रवास क्षेत्रमा आक्रामक संगठन निर्माणको नीति लिएको छ । अध्यक्ष लिङ्देनले नेपालीहरूको अत्यधिक घनत्व भएको मध्यपूर्वका साउदी अरेविया, युएई तथा कतारको भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग छलफल र अन्तर्क्रिया सम्पन्न गरिसकेका छन् ।
भ्रमण टोलीमा अध्यक्ष लिङ्देनकी धर्मपत्नी सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य, प्रवास विभागका प्रमुख आनन्द अधिकारी रहने छन् । मेरिल्याण्डको कार्यक्रम सम्पन्न गरेपछि राप्रपा अध्यक्ष लिङ्देन नोभेम्बर ७ मा नेपाल फर्कने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय
-
सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?