ग्रुप अफ डेथमा पीएसजी विजयी, न्युक्यासल स्तब्ध
![ग्रुप अफ डेथमा पीएसजी विजयी, न्युक्यासल स्तब्ध](https://npcdn.ratopati.com/media/news/_131531344_gettyimages-1756580171_dN31SjmYwe.jpg)
पेरिस । यो सिजन च्याम्पियन्स लिगमा ग्रुप अफ डेथ मानिएको समूह एफमा पेरिस सेन्ट जर्मेनले एसी मिलानलाई हराउँदा न्युक्यासल युनाइटेड भने आफ्नै घरेलु मैदानमा बोरुसिया डर्टमण्डसँग स्तब्ध बनेको हो ।
बुधबार राति भएको खेलमा पीएसजीले मिलानलाई हराउँदै समूहको शीर्ष स्थानमा उक्लिएको हो । पीएसजीलाई ३–० को जीत दिलाउन किलियान एम्बाप्पेले, रान्डाल कोलो मुनाई र ली काङले एक–एक गोल गरे । ३ खेलपछि पीएसजीको ६ अङ्क रहेको छ ।
एम्बाप्पेले यो सिजन पीएसजी र फ्रान्सका लागि १३ खेलमा १३ गोल गरेका छन् । मिलान भने मात्र दुई अङ्कसहित समूहको पुछारमा छ ।
उता न्युक्यासलले आफ्नो घरेलु मैदानमा यो सिजन प्रतियोगिताको पहिलो हार बेहोर्यो । न्युक्यासललाई जर्मन क्लब बोरुसिया डर्टमण्डले १–० गोलले हरायो । डर्टमण्डका लागि फिलेक्स मेचाले निर्णायक गोल गरे ।
दुवै टोलीको समान ४–४ अङ्क रहे पनि डर्टमण्ड गोल अन्तरको आधारमा दोस्रो स्थानमा उक्लिएको छ । न्युक्यासल तेस्रो स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता