हालान्डको दुई गोलमा सिटीको शत प्रतिशत रेकर्ड
बर्न । यङ ब्वाइजविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ । बुधबार राति भएको खेलमा सिटी ३–१ गोलअन्तरले विजयी बनेको हो ।
पहिलो हाफ बराबरीमा सकिए पछि साबिक विजेता सिटीका लागि दोस्रो हाफको सुरुवातमा नै म्यानुअल अकान्जीले गोल गरेका थिए । तर, सिटीको अग्रता लामो समय टिकेन । स्विस टोलीका लागि माइसच्याक इलियाले ५१ औँ मिनेटमा बराबरी गोल फर्काए ।
६७ औँ मिनेट अर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए । खेल सकिन लाग्दा उनले दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
समूह जीमा सिटीको यो लगातार तेस्रो जीत हो । टोली ९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । बुधबार नै आरबी लेइपजिगले रेड स्टार बेलग्रेडलाई हराउँदै दोस्रो स्थानमा कायम छ । लेइपजिगको ६ अङ्क छ । १–१ अङ्क रहेका यङ ब्वाइज र रेड स्टार बेलग्रेड क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माउन्ट एभरेष्ट मोटर स्पोटर्स फेस्टिभल जनवरीको पहिलो साता
-
किन निलो रङको पगरी लगाउँथे मनमोहन सिंह ?
-
तिब्बतमा विश्वको सबैभन्दा ठुलो बाँध बनाउँदै चीन
-
दुई चरणमा अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन, सबै प्रदेश र जिल्लामा मतदान अधिकृत तोकियो
-
दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन : बालेन शाह (भिडियो)
-
दक्षिण कोरियामा कायवाहक राष्ट्रपतिमाथि पनि महाभियोग