इजरायली आक्रमणमा आठ सिरियाली सैनिक मारिए : सरकारी मिडिया
बुधबार, ०८ कात्तिक २०८०, १५ : १२

दमास्कस । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा आठ सिरियाली सैनिक मारिएका छन् । यस आक्रमणमा सात सैनिक घाइते भएका छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी प्रान्त दारामा रहेको सैन्य शिविरमा यो हमला गरिएको हो । स्थानीय समय अनुसार बुधबार बिहान १ः४५ मा यो हमला गरिएको प्रतिवेदनमा उल्लेख छ ।
इजरायली सेनाले आक्रमणको पुष्टि गरेको छ। इजरायलको सेनाले आफ्ना लडाकु विमानहरूले सैन्य संरचनालाई निशाना बनाएको बताएको छ। सेनाका अनुसार सीमामा रकेट प्रहार भएपछि यो कारबाही गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि