एसियाली पारा खेलकुद : दुर्गामान १२ औँ स्थानमा

काठमाडौँ । नेपालका दुर्गामान तामाङ चौथो एसियाली पारा खेलकुदअन्तर्गत पावर लिफ्टिङमा समग्रमा १२ औँ भएका छन् । १२ खेलाडी नै सहभागी थिए ।
चीनको हाङझावस्थित एक्सएससी जिम्न्याजियममा भएको पुरुष ७२ केजीमुनि समूह ‘बी’ मा दुर्गाले पहिलो लिफ्टमा ८५ केजी भार वहन गरे । दोस्रो र लिफ्टमा उनले समान ९१–९१ केजी वजन उठाउने प्रयास गरेका थिए । तर, उनी सफल भएनन् । यदि उनले ९१ केजी वजन उचाल्न सफल भएको राष्ट्रिय कीर्तिमान हुने प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् । उनकै नाममा ९० केजीको राष्ट्रिय कीर्तिमान छ ।
दुर्गाको चुनौती समाप्त भएपछि पावर लिफ्टिङमा नेपालको यात्रा टुंगिएको छ । नेपालबाट पावर लिफ्टिङमा २ पुरुष खेलाडी सहभागी थिए । दुर्गाअघि प्रतिस्पर्धा गरेका पवन घर्ती मगरले ४९ केजीमुनि ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ७५ केजीको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल
-
फिल्मबाट किन हराउन थाल्यो होली गीत ?
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट बंगलादेशका प्रभावशाली अलराउन्डरको सन्न्यास
-
‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’
-
होलीमा रङ खेल्न कहिलेदेखि थालियो ?
-
इस्कोन गण्डकीले मालढुङ्गामा त्रिदिवसीय गौरगण्डकी उत्सव गर्दै