गाजामा आक्रमण रोक्न इजरायलमा बढ्दो अन्तर्राष्ट्रिय दबाब
गाजा । गाजामा फसेका मानिसहरूलाई राहत सामग्री पुर्याउन इजरायल र हमासबिच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय माग बढ्दै गएको छ। अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ ।
गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ। यहाँका मानिसहरु निकै कठिन परिस्थितिमा बाँच्न बाध्य छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन् । यद्यपि, उनले हमासलाई मात्र फाइदा हुने भन्दै औपचारिक युद्धविरामको सम्भावनालाई अस्वीकार गरे।
अष्ट्रेलियाका विदेश मन्त्री पेनी वाङले इजरायलले आफ्नो सुरक्षाको अधिकारको प्रयोग कसरी गर्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभएको छ ।
गाजामा मानवीय संकटको बारेमा चिन्ता बढ्दै गएको छ। इजरायलका सहयोगीहरू पनि गाजाको अवस्थालाई लिएर गम्भीर छन्।
मंगलबार मात्रै राहत सामग्रीले भरिएका आठ ट्रक इजिप्ट हुँदै गाजा प्रवेश गर्न सकेको थियो । राहत एजेन्सीहरू भन्छन् कि यो आवश्यकताको तुलनामा केहि होइन।
संयुक्त राष्ट्र संघका कर्मचारीहरूले गाजामा इन्धन आपूर्ति नगरे बुधबारदेखि काम गर्न नसक्ने बताएका छन्। इजरायलले गाजामा इन्धन आपूर्ति बन्द गरेको छ । इजरायलले गाजामा इन्धन गयो भने हमाससम्म पुग्ने बताएको छ ।
अमेरिका, अष्ट्रेलिया र क्यानडा जस्ता देशले मानवीय आधारमा युद्ध रोक्न अपिल गरेका छन् । यद्यपि यी देशहरूले सार्वजनिक रूपमा स्थायी युद्धविरामको लागि आह्वान गरेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तीपाइलेका कारणले ४७ हजार जना बढीमा हाइड्रोसिल
-
राष्ट्रियसभामा विभिन्न अध्यादेशहरू पेस
-
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न
-
नागरिक उन्मुक्तिको प्रश्न : बाँके, बर्दिया टुक्राउन संविधान संशोधन गर्न लागेको हो ?
-
टाइगर कप भलिबल: गण्डकी दोस्रो क्वालिफायरमा प्रवेश
-
चलचित्र विकास बोर्डद्वारा क्यान्सरपिडित चलचित्रकर्मी राजन थापालाई नगद एक लाख आर्थिक सहयोग