गाजामा इजरायली हमलामा मंगलबार ७०० जनाभन्दा बढी मारिएको दाबी
_Qhr1aqsm3y.jpg)
काठमाडौँ । गाजा क्षेत्रमा मंगलबार इजरायली आक्रमणमा ७०० जनाभन्दा बढी नागरिक मारिएको स्थानीय स्वास्थ्य अधिकारीले दाबी गरेका छन् ।
गाजामा मानवीय मामिला समन्वय सम्बन्धी संयुक्त राष्ट्रको कार्यालयले जनाएअनुसार इजरायल–हमास संघर्षमा एकै दिन मारिएको यो सबैभन्दा धेरै परिमाण हो । यद्यपि मृतकको संख्याबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
७ अक्टोबरका दिन हमासले इजरायलमाथि हमला गरेको थियो, जसमा एक हजार ४०० भन्दा बढी इजरायलीको मृत्यु भएको थियो । उक्त हमलापछि इजरायलले लगातार गाजा क्षेत्रमा सैन्य कारबाही गर्दै आएको छ ।
विश्वका विभिन्न मुलुकले यो संघर्ष अन्त्यका लागि प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी युवराज मोहम्मद बिन सलमानसँग फोनवार्ता गरेका छन् ।
ह्वाइट हाउसका अनुसार दुवै नेता संघर्ष फैलिनबाट रोक्नुपर्ने पक्षमा सहमत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
-
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो