आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

पठाओको लोगो परिवर्तन, यस्तो छ कारण

बुधबार, ०८ कात्तिक २०८०, १० : ०६
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ ।  राइड सेयरिङ कम्पनी पठाओले आफ्ना सेवाका दायरा बढाउँदै जाँदा पुरानो लोगो परिवर्तन गरी नयाँ लोगो सार्वजनिक गरेको छ ।  नयाँ लोगोमा नगबेली बाटो/सडक 'थिम'मा पठाओको पहिलो अङ्ग्रेजी अक्षर 'पि' लेखिएको छ । 

पहिलेको लोगोले राइड सेयरिङको अर्थ दिन्थ्यो भने नयाँ लोगोले समस्यादेखि समाधानको बाटोको अर्थ दिएको र यसले सबै सेवाहरूलाई सम्बोधन गर्ने पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए । 

झोला बोकेर दुईपाङ्ग्रे साधन चलाइरहेको जस्तो देखिने पठाओको लोगो परिवर्तन भई नयाँ लोगो सार्वजनिक भएको हो ।  नेपालमा ५ वर्षमा ६ वटा (पठाओ बाइक, पठाओ कार लाइट (ट्याक्सी), पठाओ फुड, पठाओ बजार, पठाओ टुकटुक, पठाओ पार्सल) सेवाहरू प्रदान गरिरहेको पठाओ आगामी दिनमा सेवा थप्दै सुपर एप बन्ने योजनामा रहेको बस्न्यात बताउँछन् । 

केही समय अगाडि काठमाडौँ उपत्यकामा सुरु भएको 'पठाओ पार्सल'लाई देशव्यापी बनाउने र डिजिटल वालेट 'पठाओ पे' समेत सुरु गरिने यस अगाडि नै पठाओ नेपालले जानकारी गराइसकेको छ । लोगो परिवर्तनले सेवाग्राहीमा नयाँपनको आभास गराउने बस्न्यात बताउँछन् ।  पठाओको नयाँ लोगो विश्वव्यापी रूपमा अक्टोबर २५ देखि लागू भैसकेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप