विश्वकपमा आज : अस्ट्रेलिया र नेदरल्यान्ड्स आमनेसामने

नयाँ दिल्ली । एकदिवसीय विश्वकप २०२३ मा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । खेल दिउँसो २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ ।
विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हुनेछ । अस्ट्रेलियाले चारमध्ये दुई जित र दुईमा हार बेहोरेको छ । अर्कोतर्फ नेदरल्यान्ड्सले चार मध्ये तीन हारेको छ भने एउटा मात्र जितेको छ ।
यी दुई टोलीबीच हालसम्म २ वटा एकदिवसीय खेल भइसकेको छ । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ । यी खेलहरू २००३ र २००७ को विश्वकपमा खेलिएका थिए, यस बाहेक यी दुईबीच कुनै खेल भएको छैन।
अस्ट्रेलियाले पछिल्लो ५ ओडिआई मध्ये ३ खेलमा जीत र २ खेलमा हार बेहोरेको छ । यता नेदरल्याण्ड्सले पछिल्ला ५ मध्ये ४ खेलमा हार बेहोरेको छ भने १ खेल मात्र जितेको छ ।
डेभिड वार्नरले यो विश्वकपमा अस्ट्रेलियाका लागि ४ खेल खेलेर २२८ रन बनाएका छन् । लेग स्पिनर एडम जाम्पा ले ४ खेलमा ९ विकेट लिएका छन् । यो विश्वकपमा नेदरल्याण्ड्सका कोलिन एकरम्यानले सर्वाधिक १२७ रन बनाएका छन् । उनको नाममा एक अर्धशतक छ । बलरमध्ये बास डी लिडेले सर्वाधिक ७ विकेट लिएका छन् ।
पिच रिपोर्ट
यस मैदानमा हालसम्म २९ एकदिवसीय खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले १४ खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले १४ खेल जितेको छ । एक खेलको नतिजा भने टुंगो लाग्न सकेन ।
यहाँ सर्वाधिक रन पछ्याउने कीर्तिमान टीम इन्डियाको नाममा छ । सन् १९८२ मा हाम्रो टोलीले श्रीलंकाविरुद्ध २७८ रन बनाएर जितेको थियो ।
मौसम पूर्वानुमान
दिल्लीमा पानी पर्ने सम्भावना छैन । तापमान १८ देखि ३१ डिग्री सेल्सियस सम्म हुन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत