पूर्वराजा शाहले भने, ‘छिन छिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस्’
मङ्गलबार, ०७ कात्तिक २०८०, १७ : ४९
_AdbemJWUVX.jpg)
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् । मंगलवार महाराजगञ्जस्थित निर्मल निवासमा नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टिका लगाइदिँदै उनले यस्तो बताएका हुन् ।
उनले व्यङ्ग्यात्मक रूपमा देशमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै छिनछिनमा भुइँचालो गइरहेकाले विचार गरेर बस्न आग्रह गरे । उनले भने, ‘सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा दसैँको शुभकामना दिन चाहन्छु । धेरै भन्नु पनि हुँदैन, सप्तमीको दिनमा भनेको छु । हामीले पाठ पनि सिक्नुपर्नेछ । छिनछिनमा भुइँचालो पनि आइरहेको छ । विचार गर्नुस् ।’
पूर्वराजा शाहले नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा सम्पूर्ण नेपालीहरूमा दसैँको शुभकामना दिए । उनले यसअघि अपराह्न पौने चार बजेबाट आम सर्वसाधारणलाई दसैँको टिका लगाइदिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
-
सात वर्षसम्म पनि बनेन पुल, तोडियो ठेक्का