हमासले रिहा गरेका थप दुई महिला बन्धकलाई तेल अभीभ पुर्याइयो

तेल अभीभ । हमासले सोमबार थप दुई जना बन्धकलाई रिहा गरेको छ । उनीहरू दुवै इजरायली नागरिक हुन् ।
मंगलबार बिहान रिहा गरिएका दुई वृद्ध महिला बन्धक ७९ वर्षीय नुरिट कुपर र ८५ वर्षीय योचेभ लिफसिट्ज हुन्। उनलाई उपचारका लागि तेल अभीभ ल्याइएको छ ।
हमासले यी दुई महिलालाई ‘मानवीय’ र स्वास्थ्य कारणले रिहा गरेको बताएको छ । इजरायलले इजिप्टलाई बन्धकहरूको रिहाइको लागि मध्यस्थता गरेकोमा, साथै रेडक्रसलाई दुई महिलालाई स्वदेश फिर्ता गर्न खेलेको "महत्त्वपूर्ण भूमिका" को लागि धन्यवाद दियो।
इजरायली अधिकारीहरूका अनुसार नुरिट कुपरका ८५ वर्षीय श्रीमान् अमिरम र लिफ्शिट्जका ८३ वर्षीय श्रीमान् ओदेद अझै पनि हमासले बन्धक बनाएका छन्।
यसअघि हमासले अमेरिकी नागरिक रहेका अन्य दुई बन्धकलाई रिहा गरेको थियो । हालसम्म हमासले चार जना बन्धकहरूलाई रिहा गरिसकेको छ। इजरायलले हमासले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाडपर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउ पुर्याउँछन् : राष्ट्रपति
-
नीति निर्माण तहमा दलित महिलाको प्रतिनिधित्व न्यून
-
ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक पर्व हो : अध्यक्ष दाहाल
-
प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्नुपर्छ : सभापति देउवा
-
पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
-
ओली–प्रचण्ड व्यक्तिगत तहमै ओर्लेर आरोप-प्रत्यारोपमा