डेढ वर्षकै उचाइमा उक्लियो बिट्क्वाइनको भाउ
![डेढ वर्षकै उचाइमा उक्लियो बिट्क्वाइनको भाउ](https://npcdn.ratopati.com/media/news/bitcoin_KonsyxysmZ.webp)
काठमाडौँ । डिजिटल मुद्रा बिट्क्वाइनको भाउ झन्डै ३५ हजार डलरमा पुगेको छ । मंगलबार इन्ट्राडे कारोबारमा बिट्क्वाइनको भाउ ११ दशमलव ८६ प्रतिशतले बढेर ३४ हजार ३ सय २२ डलर ४७ सेन्टमा उक्लिएको क्वाइन मार्केट क्यापको डेटाले देखाएको छ । एक हप्ताको अवधिमा मात्रै यसको भाउ २१ दशमलव ३ प्रतिशतले बढिसकेको छ ।
बिट्क्वाइन विश्वको सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी हो । अघिल्लो दिन मात्रै यसको भाउ १० प्रतिशतले बढेको थियो । बिट्क्वाइनमा आधारित एक्सचेन्ज–ट्रेेडेड फन्ड (ईटीएफ) खुल्ने अनुमान बढिरहँदा बिट्क्वाइनको भाउ हालैका दिनमा आकासिरहेको छ । ग्रेस्केल इन्भेस्टमेन्टले बिट्क्वाइन ईटीएफ खोल्न दिएको आवेदन अस्वीकार गर्नु गलत हो भन्ने फैसलामा सेकले पुनःविचार नगर्ने भन्दै रोयटर्स लगायत सञ्चार माध्यमहरूले समाचार छापिरहेका छन् ।
भौतिक बिट्क्वाइन ईटीएफले अनुमति पाउने खबरले क्रिप्टो बजारलाई टेवा दिइरहेको छ । छिटोमा तीन महिनाभित्र यो ईटीएफ खुल्न सक्ने बताइएको छ । मध्यपूर्वमा इजरायल र हमासबिच जारी युद्धले भूराजनीतिक अनिश्चय बढाइरहेको छ । यसले पनि सुनलगायत सेफ हेभन एसेटको साथसाथै बिट्क्वाइन जस्ता जोखिमयुक्त सम्पत्तिको माग बढाइरहेको विश्लेषकहरू बताउँछन् । इथरलगायत अन्य भर्चुअल मुद्राको भाउ पनि अहिले बढिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नापोलीलाई उछिन्ने विन्दुमा इन्टर मिलान
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो