जसले साढे ३ लाख तिरेर राँगोको मार हाने

पोखरा । प्रतिस्पर्धा पनि कस्तो अचम्म । राँगोको मार हान्न टेन्डर । वडा दसैँ अन्तर्गत नवमीको दिन म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको भगवती कोट मन्दिरमा राँगो मार हान्न हरेक वर्ष बोलकबोल हुन्छ । पूजा समितिले एउटा राँगो मार हान्नेलाई न्यूनतम ६७ हजार मूल्य तोकेर बढिबढाउमा राखेको थियो ।
सोही वडामा पर्ने सिजलगाउँका एकेन्द्र भण्डारीले ३ लाख ३० हजारमा बोलकबोल गरे । समितिले उनैलाई मार हान्ने अधिकार दियो । कोट मन्दिरमा विधिपूर्वक पूजा गरेपछि उनले राँगो मार हानेका हुन् । अघिल्लो वर्ष ३ लाख १५ हजारमा टेन्डर लागेको थियो ।
नवमीको दिन कोटमा यसरी राँगो मार हान्नेको मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । उति बेला बाइसे/चौबिसे राज्य सञ्चालनका समयदेखि नै यहाँ राँगो मार हान्ने चलन थियो । राँगो मार हानेपछि भण्डारीलाई पूजा समिति र स्थानीयले भव्य अभिनन्दन गरेका छन् ।
‘यहाँ राँगो मार हानेपछि रोकिएका सबै काम बन्ने जनविश्वास छ । यो आजको विश्वास होइन, ३ सय वर्ष पुरानो हो,’ प्रदेश सांसद हरिबहादुर भण्डारीले भने, ‘आज पनि त्यो विश्वास टुटेको छैन । समय अनुसारको मनोकाङ्क्षा पूरा भएको भन्नुहुन्छ सबैले ।’
राँगो मार हान्न कालरात्रिको दिन बढिबढाउ हुन्छ । ‘हजारौँ आउँछन्, जो विजय हुन्छ उसले पाउने हो । ५५ मिनेटसम्म प्रतिस्पर्धा हुन्छ । यो अवधिमा जसले धेरै कबोल गर्यो उही विजेता हो,’ भण्डारी भन्छन्, ‘कबोलका लागि देशभरिबाट जो आए पनि हुन्छ ।’ सरकारी राँगो, सरकारी एउटा बोका र सामूहिक एउटा राँगोको खरिद मूल्यलाई न्यूनतम मूल्य राखेर टेन्डर निकालिन्छ । तीनवटैलाई यो वर्ष ६७ हजार मूल्य तोकिएको समितिका अध्यक्ष थानबहादुर भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म