पाकिस्तानलाई हराएपछि अफगानिस्तानका इब्राहिम जद्रानको बयान चर्चामा

चेन्नई । सोमबार भएको विश्वकपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अर्को ठूलो अप्रत्याशित नतिजा निकालेको छ ।
चेन्नईमा सोमबार भएको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरेको थियो । टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियो । अफगानिस्तानले दुई विकेट गुमाएर २८३ रनको लक्ष्य पुरा गरेको थियो ।
यस खेलका स्टार इब्राहिम जाद्रानले ११३ बलमा ८७ रन बनाएर ‘म्यान अफ द म्याच’ को उपाधि पाए । उनले यो उपाधि अफगानिस्तानका ती शरणार्थीहरूलाई समर्पित गरेका छन् जसलाई पाकिस्तानबाट जबरजस्ती आफ्नो देश फर्काइँदैछ।
उनले भने- ‘म यो ‘म्यान अफ द म्याच’ पाकिस्तानबाट अफगानिस्तानमा आफ्नो घर पठाइएका मानिसहरूलाई समर्पित गर्न चाहन्छु।’ करिब १७ लाख अफगान शरणार्थीलाई नोभेम्बर १ सम्म पाकिस्तान छोड्न भनिएको छ । अफगानिस्तानले पाकिस्तानको यो निर्णयको आलोचना गर्दै यसलाई अस्वीकार्य भनेको छ ।
क्रिकेट मैदानबाट इब्राहिम जद्रानले दिएको यो बयान सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जनताले यसलाई महत्वपूर्ण र बलियो राजनीतिक बयान भनेका छन् ।
यो जितसँगै अफगानिस्तान अंक तालिकाको छैटौं स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन