विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ
![विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान होस् : प्रधानन्यायाधीश श्रेष्ठ](https://npcdn.ratopati.com/media/news/bishwambhar_lcFbMwLpSK.jpg)
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन् ।
विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले सांस्कृतिक धरोहर र वैभवको रूपमा रहेका चाडपर्वमा अन्तर्निहित भावना र सन्देशबाट मुलुकको विकास, समृद्धि, सुशासन तथा न्यायपूर्ण समाजको स्थापनाका लागि महत्त्वपूर्ण आधार प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् ।
“नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्ने तथा विधिको शासनको प्रवर्द्धन र भरोसायोग्य न्याय प्रणालीको स्थापनाका लागि चाडपर्वले हामी सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सक्ने ऊर्जा, क्षमता र प्रेरणा प्रदान गरुन् भन्ने कामनासमेत गर्दछु”, प्रधानन्यायाधीश श्रेष्ठले शुभकामना सन्देशमा भनेका छन् ।
सदिऔँदेखि नेपाली समाजमा रहेको आपसी सद्भाव, विश्वास र सहिष्णुता कायम गर्दै विविधताबिचको एकता तथा सामाजिक सांस्कृतिक ऐक्यबद्धताको प्रवर्द्धन गर्न यस प्रकारका चाडपर्वले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनको भनाइ छ । उनले देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि