बंगलादेशमा दुई रेल एक आपसमा जुध्दा कम्तीमा २० जनाको मृत्यु

ढाका । बंगलादेशमा सोमबार दिउँसो दुईवटा रेल एक आपसमा ठोक्किएका छन् । ढाका ट्रिब्युन पत्रिकाका अनुसार घटनामा हालसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ । करिब एक सय जना घाइते भएका छन् । जसमध्ये अधिकांशको अवस्था गम्भीर छ ।
यो दुर्घटना किशोरगञ्ज क्षेत्रमा भएको हो । ट्र्याकमा उभिएको मालगाडीसँग यात्रुवाहक रेल ठोक्किएको हो । यात्रुवाहक रेलको डिब्बामा अझै धेरै मानिस फसेका छन् । उद्धार टोली घटनास्थलमा छ ।
स्थानीय प्रहरी अधिकारी अब्दुल अलीम सिकदारले भने – घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ । केही मानिस अझै पनि रेल मुनि र डिब्बामा फसेका छन् । उनीहरुलाई निकाल्ने प्रयास भइरहेको छ । यात्रुवाहक रेलका दुई डिब्बा पूर्णरुपमा ध्वस्त भएका छन् । घटना दिउँसो ४ बजेतिर भएको हो ।
यस दुर्घटनापछि ढाका–चटगाउँ र सिल्हेत–किशोरगञ्ज ट्र्याकमा रेल सेवा रोकिएको छ । ट्र्याकमा धेरै क्षति पुगेको छ ।
प्रारम्भिक जानकारीका अनुसार मालवाहक रेलका चालकले सिग्नल पाए पनि रेललाई अर्को ट्र्याकमा सार्न नसकेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अर्कोतर्फबाट आउँदै गरेको यात्रुवाहक रेलका चालकले कोसिस गर्दा पनि दुर्घटना रोक्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका लागि खोटाङवासीको त्यो सक्रियता
-
सहज छैन सलाहको यात्रा, केन र लेवान्डोवस्कीदेखि एमबाप्पेसम्म छन् दौडमा
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?