शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

सोमबार, ०६ कात्तिक २०८०, १३ : ०८
सोमबार, ०६ कात्तिक २०८०

बेइजिङ । चीन भ्रमणमा रहेका बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार डिस्चार्ज भएका छन् । ५ दिन अस्पतालको बसाईपछि श्रेष्ठ डिस्चार्ज भएका हुन् ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ आइपुगेका छातीमा दुखाइ भएपछि श्रेष्ठ उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए । अस्पताल पुगेलगतै उनको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बायाँ धमनी बन्द भएको देखिएपछि ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको थियो ।

डिस्चार्ज भएपछि श्रेष्ठले उपचारमा संलग्न पेकिङ युनियन मेडिकल कलेज अस्पतालका प्रोफेसर झाङ सुयाङलगायत सम्पुर्ण हस्पिटल परिवार र बेइजिङस्थित नेपाली  राजदुतावास परिवारलाई आभारसहित धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै स्वास्थ्य अवस्थाप्रति चासो, चिन्ता र शुभेक्षा राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् । श्रेष्ठ कार्तिक ८ गते बिहान स्वदेश फर्कने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप