दसैँमा मात्र गाइने भजन

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी
पाल्पा । पाल्पाको तानसेनस्थित एक मन्दिरमा दसैँमा मात्र एउटा भजन गाउने गरिन्छ । तानसेन नगरपालिका–३, भगवती मन्दिरमा दसैंको घटस्थापनादेखि नवरात्रभर लोपोन्मुख डाफा भजन गाइने गरेको हो ।
यो भजन सेनकालिन भएको तानसेन टक्सारका ज्येष्ठ नागरिक मंगलमान बज्राचार्यले जानकारी दिए । यो भजन वर्षमा एक पटक पाल्पाको भगवती मन्दिर परिसरमा मात्र गाइन्छ । तर यसको संरक्षण हुन नसक्दा परम्परागत संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको हो ।
तानसेनमा डाफा भजन गाउन र यसको रागका साथै ताल मिलाउन जान्ने दुई जना मात्र छन् । भजनगुरु ज्ञानुकुमार बज्राचार्य र मंगलमान बज्राचार्यले गरेका हुन्छन् । दुवैले दुई समूहको नेतृत्व गर्छन् । हातमा हार्मोनियम, तबला बजाउँदै अगाडी राखिएका भजनको पाना हेर्दै गाउन भने अरूले पनि सहयोग गर्छन् ।
हार्मोनियम र तबलासँगै मुजुरा, झ्यालीको ताल पनि मिलाइन्छ । खासमा डाफा भजन भने मृदङ्गा र झ्याली बजाएर डाफा भजन गाइने भए पनि यसलाई परिष्कृत गर्दै लगिएको छ । पछिल्लो समयमा युवापुस्तालाई कुनै पनि भजन कीर्तनमा खासै चासो छैन । एकातर्फ वयोवृद्ध भजन गाउनेहरूको निधनसँगै लोप हुने हो कि भन्ने चिन्ता रहेको संस्कृतिविद् मदन देउरालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म
-
आईपीएल : आज पनि चम्किए विराट, राजस्थानसामु २०६ रनको लक्ष्य
-
पत्रकारमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम