‘प्यालेस्टिनी राज्यको सही कार्यान्वयन मौजुदा समस्याको दीर्घकालिन समाधान’

काठमाडौँ । नेपालका पूर्वराजदूतहरुले इजरायल र प्यालेस्टाइनबिच चलेको हिंसाको नयाँ लहरप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । युद्ध र हिंसाले कुनै समाधान नदिने बताउँदै उनीहरुले संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुरूप दुई राज्य सिद्धान्तअन्तर्गत प्यालेस्टिनी राज्यको सही कार्यान्वयनले मात्र मौजुदा समस्याको दीर्घकालिन समाधान हुन्छ भन्ने वास्तविकतामा विश्वास व्यक्त गरेका हुन् ।
निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीप कुमार उपाध्याय, डा. दुर्गेशमान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायल र प्यालेस्टिन दुवै पक्षलाई संयम रहन र पूर्ववर्ती समस्त सम्झौतालाई सम्मान गर्न तथा सम्पूर्ण मामिलाको शान्तिपूर्ण ढङ्गले समाधान खोज्न आह्वान गरेका छन् । उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘सर्वप्रथम युद्ध र हिंसा रोकिनुपर्दछ, सम्झौताका निम्ति शान्तिपूर्ण वातावरण बनाइनुपर्दछ र वार्ता र कुटनीतिलाई माध्यम बनाइनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता रहेको छ | युद्ध र हिंसा भड्किदा नेपालजस्तो शान्तिप्रिय मुलुक र असंलग्न राष्ट्रका नागरिकलगायत सम्पूर्ण विश्व नै यसको नकारात्मक असरको चपेटामा परेका छन् | इजरायल प्यालेस्टिनी समस्या लामो समयदेखि थाती रहँदै आएको समस्या हो । यस समस्याको चिरस्थायी समाधानमा नेपाल सरकारलगायत अन्तर्राष्ट्रिय समुदाय उदासीन रहनु उचित हुँदैन । यसमा सकरात्मक हस्तक्षेप जरुरी छ |‘
यस सङ्कटपूर्ण घडीमा अन्तर्राष्ट्रिय समुदायलाई चालु स्थितिमा आगोमा घिउ थपेर होइन, यो सङ्कट समाधनका निम्ति आफ्नो ठाउँबाट तत्काल युद्धविराम र गाजाक्षेत्रमा मानवीय सहायता पुर्याउनका लागि सकारात्मक पहल गर्न उनीहरुले आग्रहसमेत गरेका छन् । आफूहरु प्यालेस्टिनी जनताको अधिकारका पक्षमा रहेको तर आफ्नो अधिकारको खोजी गर्ने क्रममा निर्दोष र निहत्था मान्छेलाई हतियारबन्द हमला गरी हत्या गर्ने र बन्धक बनाउने जस्ता क्रियाकलापको भने निन्दा तथा भर्त्सना गर्ने स्पष्ट पारेका छन्।
‘हमास समूहको यो निन्दनीय कार्यको प्रतिक्रियाका नाममा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्दै जुन प्रतिहिंसाको सिलसिला सुरु गर्यो, त्यसबाट गाजा पट्टीमा सर्वसाधारणका बस्तीमा बम गोलाबारी गरी ४३०० भन्दा बढीको हत्या र अरू हजारौँ घाइते बनाउने काम भयो,’ विज्ञप्तिमा भनिएको छ, ‘पुरै गाजापट्टीलाई सैनिक नाकाबन्दी गरिएको छ भने विद्युत्, खाद्यान्न, पिउने पानी, औषधिको आपूर्ति रोकिएको छ र आवासको हाहाकार छ | यति मात्रै होइन, यत्रतत्र नागरिक बस्तीमा बमगोला बर्साइएको छ र पुरै गाजापट्टीलाई खाली गर्न उर्दी जारी गरिएको छ | हिंसाका घटना जारी रहँदा यसबाट यस क्षेत्रमा ठुलो मानवीय सङ्कट पैदा भएको छ ।अस्पताल जस्तो ठाउँमा गोलाबारी गरी स्वास्थ्यकर्मी, बिरामी, घाइते र बिरामी कुरुवाको हत्या जस्तो बर्बर र जघन्य अपराधको जति भर्त्सना गरे पनि पुग्दैन। इजरायलको यो राज्य आतङ्क निन्दनीय छ | यस सङ्कटपूर्ण घडीमा संयुक्त राष्ट्रसङ्घले तत्काल युद्ध रोकी वार्ताद्वारा समस्याको समाधान गर्न, सर्वसाधारणको ज्यान जोखिमबाट जोगाउन र सर्वसाधारणलाई तत्काल मानवीय सहायता पुर्याउन असमर्थ हुने हो भने यसको औचित्यमा नै प्रश्न उठ्ने छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठकमा सांसदहरू : एमसीसी र यूएसआईडी रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ
-
बाँकेमा डढेलो नियन्त्रणका लागि गरियो पूर्वतयारी
-
प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग
-
राष्ट्रियसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश’ स्वीकृत
-
रुसले गरेको आक्रमणमा चारको मृत्यु, अमेरिकी र बेलायती स्वयंसेवक भाग्यले बाँचे
-
संसद्मा ऊर्जामन्त्रीले भने– ‘कुलमान कानुनभन्दा माथि हो भने संसद्ले भनिदिनुपर्यो ’